सुदूर नेपाललाई विश्वसँग जोड्दै

करार कर्मचारी भर्ना रोक्न माग गर्दै नेविसंघ डडेल्धुराद्वारा प्रदर्शन

२०७७ साउन २९, ०३:२४ खबर संवाददाता

डडेल्धुरा: सरकारले लोक सेवा आयोगबाट नभइ करारमा कर्मचारी भर्ना लागेको भन्दै नेपाल विद्यार्थी संघ डडेल्धुराले विरोध जनाएको छ। कर्मचारी भर्ना निस्पक्ष हुनुपर्नेमा सरकारले आफ्ना कार्यकर्ता पोस्ने विधि अपनाएर २ हजार १५ वटा करार दरबन्दी स्विकृत गरी कर्मचारी भर्ना गर्न लागेको भन्दै नेविसंघ डडेल्धुराले विरोध र्‍यालीको आयोजना गरेको हो। 

बिहिबार नेविसंघ डडेल्धुराले बसपार्कदेखि भीमदत्त चोकसम्म विरोध र्‍यालीको आयोजना गर्दै चोकमा कोणसभा सम्पन्न गरेको छ। ओली सरकारले लोक सेवा आयोगलाई ‘कु’ गरेर नातावाद, क्रिपावाद र चाकडीवादलाई प्रोत्साहन दिएको उनीहरुको आरोप थियो। नेविसंघका कार्यकर्ताले करार कर्मचारी भर्ना प्रक्रिया तत्काल रोक्नुपर्ने र लोकसेवा आयोगबाट मात्र कर्मचारी भर्ना  प्रक्रिया अगाडी बढाउनुपर्ने माग राखेका छन्। 

यस्तै जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले हालसम्मको खर्च विवरण र नव निर्मित भवनमा लागेको खर्च विवरण सार्वजनिक गर्न समेत माग राखेकाे नेविसंघका सदस्य पवन ऐरले बताए। 

 

कमेन्ट लोड गर्नुस