सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट पक्राउ गरी डडेल्धुरा पुर्‍याइएकी विप्लव नेकपाकी नेतृ धामी रिहा

२०७७ साउन २९, ०१:३८ खबर संवाददाता

धनगढी: नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भगिनी संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की सेती महाकाली राज्य समिति इन्चार्ज पुर्णिमा धामी रिहा भएकी छन्। बुधबार जिल्ला अदालत डडेल्धुराले उनलाई १५ हजार धरौटीमा उनलाई रिहा गरेको हो।

जिल्ला अदालत डडेल्धुराले नेतृ धामीसँग १५ हजार धरौटी माग गरेको थियो। धरौटी बुझाएपछि उनी रिहा भएकी जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

पार्टीका सेती महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुनसँगै गत असार ३१ गते कैलालीमा पक्राउ परेकी धामीलाई सोमबार जिल्ला अदालत कैलालीका न्यायाधीश जयानन्द पनेरुको एकल इजलासले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो। मंगलबार पुनः उनलाई कैलालीबाट प्रहरीले पक्राउ गरी डडेल्धुरा पुगाएको थियो। 

उनका श्रीमान पुन भने जिल्ला अदालत कैलालीले माग गरेको ५० हजार धरौटी नबुझाएपछि कैलाली कारागार चलान भएका छन्। 

 

कमेन्ट लोड गर्नुस