सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ २४ सयले बढ्यो

२०७७ साउन २९, ११:४९ रासस

सुनको भाउ आज तोलामा २ हजार ४ सय रुपैयाँले बढेको छ। आज  तोलाको ९७ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यसअघि हिजो एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको थियो। 

यस्तै आज चाँदीको भाउ पनि तोलामा ८५ रुपैयाँ बढेर तोलाको एक हजार २ सय ९५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ। 

कमेन्ट लोड गर्नुस