सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ तोलामा ६ हजार रुपैयाँले घट्यो

२०७७ साउन २८, ११:३७ खबर संवाददाता

आज सुनको भाउ तोलामा ६ हजार रुपैयाँले घटेको छ।

तोलामा ६ हजार २ सय रुपैयाँ घटेर सुनको भाउ आज तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुन हिजो तोलाको एक लाख एक हजार ६ सय रुपैयाँ थियो। सुनको भाउमा एकैदिन धेरै रुपैयाँ घटेको यो पहिलो घटना हो। यस्तै चाँदी आज तोलामा २ सय २५ रुपैयाँ घटेर तोलाको एक हजार २ सय १० रुपैयाँमा झरेको महासंघले जनाएको छ। 

कमेन्ट लोड गर्नुस