सुदूर नेपाललाई विश्वसँग जोड्दै

तेक्वान्दोका खड्का उत्कृष्ट निर्णायक

२०७७ साउन २७, ०८:३४ रासस

नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का अन्तर्राष्ट्रिय हिरोज तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट निर्णायक घोषित भएका छन्। थाइल्याण्डको हिरोज तेक्वान्दो सङ्घले आयोजना गरेको प्रतियोगिता अगष्ट ८ र ९ तारिखमा भएको थियो।

प्रतियोगितामा करिब २५ राष्ट्रका ३५० खेलाडीको सहभागिता रहेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्षसमेत रहनुभएका खड्काले जानकारी दिए।

प्रतियोगितामा नेपालसहित इण्डोनेसिया, ट्युनिसिया, भारत, मलेसिया, चीन र कोरिया गरी सात राष्ट्रका निर्णायकको सहभागिता थियो।

लकडाउनको अवधिमा भएका विभिन्न प्रतियोगितामा खड्का तीन पटक उत्कृष्ट निर्णायक चुनिनुभएको हो। समग्रमा खड्का सात पटक उत्कृष्ट निर्णायक बन्नुभएको छ।
 

कमेन्ट लोड गर्नुस