सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा रुखबाट खसेर घाइते भएकी महिलाको उपचारका लागि सहयोग

२०७७ साउन २७, ०७:०५ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको नवदुर्गा गाउँपालिका –४ की सारती थलालको उपचारका लागि युवाहरुले रकम संकलन गरी हस्तान्तरण गरेका छन्। रुखबाट खसेर घाइते भइ डडेल्धुरा अस्पताल उपचाररत उनलाई नेपाल विद्यार्थी संघ डडेल्धुराका सदस्य रमेश ऐर र अमर भाटले विभिन्न सहयोगी दाताबाट रकम संकलन गरी हस्तान्तरण गरेका हुन। 

संकलित १६ हजार ५ सय ६० नगद सारतीका देवर रतन थलाललाई हस्तान्तरण गरेको रमेश ऐरले बताए। ‘उपचारका लागि आर्थिक अभाव भएको भन्ने खबर पायौं। त्यसैले विभिन्न सहयोगीसँग सहयोग माग्दा आधा घण्टामा उक्त रकम संकलन भयो। त्यसपछि अस्पतालमै गएर बिरामीका देवरलाई रकम बुझाएका छौं’ उनले भने।

उपचारका लागि अझै रकम अभाव भए पुनः अभियान चलाउने ऐरले बताए। 

 

कमेन्ट लोड गर्नुस