सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पञ्चेश्वर गाउँपालिका विरुद्ध काँग्रेसले कानुनी उपचार खोज्ने

२०७७ साउन २७, ०५:५९ खबर संवाददाता

बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिका विरुद्ध कानुनी उपचार खोज्ने नेपाली कांग्रेस पञ्चेश्वर गाउँकार्यपालिका समितिले निर्णय गरेको छ। गाउँपालिकाले कोरोना नियन्त्रणमा गरेको खर्च, अन्य विकास निर्माणमा गरेको खर्च लगायत २१ बुँदे मागको सम्बोधन नभएकाले कांग्रेसले कानुनी उपचार खोज्ने निर्णय गरेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य रमेश भण्डारीले जानकारी दिए।

१५ दिनको म्याद राखेर सूचना माग्दा समेत गाउँपालिकाले उपलब्ध नगराएकाले कानुनी प्रक्रियामा जाने निर्णय भएको बताइएको छ। यसका लागि नेपाली कांग्रेस पञ्चेश्वर गाउँपालिका सभापति रामबहादुर चन्दको नेतृत्वमा तीन सदस्यीय समिति समेत बनाइएको छ। 

समितिमा रमेशसिंह भण्डारी र प्रकाश चन्द सदस्य रहेका छन्। समितिले गाउँपालिकामा बुझाएको २१ बुँदे माग जिल्ला प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सूचना आयोग र अदालतमा समेत दिने भण्डारीले जानकारी दिए। सूचना हक सम्बन्धि ऐन अनुसार दर्ता गराएको निवेदन उपर कारवाही नभएकाले आफूहरुले कानुनी बाटो रोज्न लागेको उनले बताए।

कमेन्ट लोड गर्नुस