सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारलाई युएनडिपीद्धारा कोरोना परीक्षण गर्न आरएनए मेसिन हस्तान्तरण

२०७७ साउन २७, ०१:३१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारलाई युएनडिपीले कोरोना परीक्षणलाई तिव्र बनाउन सघाउ पुगोस भन्ने उद्देश्यले आरएनए मेसिन हस्तान्तरण गरेको छ।

परीक्षणको दायरा बढाउन अटोमेटिक आरएनए मेसिन हस्तान्तरण गरिएको युएनडिपी धनगढीकी प्रमुख बैजयन्ती सिहले बताईन्।

उक्त मेसिन प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरिएको हो।मेसिन प्रदेश सरकारले स्वास्थ्य कार्यालय कैलालीमा स्थापना गरेको प्रयोगशालाको उद्घाटन कार्यक्रममै हस्तान्तरण गरिएको हो। 

उक्त मेसिनबाट तीन घण्टामा झण्डै एक सय जनाको भाईरस परीक्षण गर्न सकिने सेती प्रादेशिक अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीले बताए।

कमेन्ट लोड गर्नुस