सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा बालिकाको शव भेटियो

२०७७ साउन २७, १२:५३ खबर संवाददाता

बाजुराः बाजुरामा बालिकाको शव भेटिएको छ। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ४ को मौरेमा बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ।

अन्दाजी अढाई वर्षको शव भेटिएपनि पहिचान खुल्न सकेको छैन्। सोमबार बुढीगंगा नदीमा आएको बाढीले बगाएर ल्याएको भएपनि शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बाजुराका प्रमुख प्रहरी नायब उपरिक्षक टंकप्रसाद भट्टराईले बालक हराएको खबर अहिले सम्म प्राप्त नभएको बताए।

उनले कालगतीले मरेर गाढेको बालिकाको शव नदीले बगाएको हुनसक्ने आशंका भएपनि अनुसन्धान भईरहेको जानकारी दिए।  

कमेन्ट लोड गर्नुस