सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट कैलालीको त्रिनगर नाका हुँदै सुदूरपश्चिम भित्रिने फेरी बढे

२०७७ साउन २७, १२:२४ रोशन भट्ट

धनगढीः कैलालीको त्रिनगर नाका हुदै सुदूरपश्चिम भित्रिनेको संख्यामा फेरी बढ्न थालेको छ। सुदूरपश्चिममा कोरोना भाईरसको प्रभाव सुरु भएका बेला भारतबाट दैनिक हजारौंको संख्यामा सुदूरपश्चिमेलीहरु स्वदेश फर्किएका थिए।

केही समय सम्म सोही क्रमले निरन्तरता पाएपनि त्यसपछि भने सुदूरपश्चिम भित्रिनेको संख्यामा कमी आएको थियो। तर अहिले आएर सोही क्रम बृद्धि भएको छ।

आईतबार मात्र कैलालीको त्रिनगर नाका भएर ११ सय ५० भन्दा बढी सुदूरपश्चिमलेहरु स्वदेश भित्रिएका छन्। तर विगतको जस्तै प्रहरी प्रशासनको समन्वयमा नेपाल प्रवेश गर्नेहरुको उद्धार भने व्यवस्थीत हुन सकेको छैन्।

सरोकारवाला निकाय संग तत्काललाई उद्धारको अन्य कुनै योजना पनि छैन्। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले कोरोनाका बेला सहज रुपमा भारतबाट फर्किनेलाई भित्र्याउने कार्यविधी अनुसार उनीहरुको उद्दार गरिरहेको बताए।

कार्यविधीमा कहिले सम्म ल्याउने भन्ने विषय उल्लेख नभएको बताउँदै जोशीले थप व्यवस्थित बनाउने विषयमा छलफल भईरहेको जनाए। लकडाउन अवधीभर त्रिनगर नाका भएर सुदूरपश्चिम भित्रिएकाहरुलाई क्वारन्टिनमा राख्ने गरिएको थियो।

तर अहिले संघीय सरकारले नै होम क्वारेन्टिनमा बस्ने गरी घर पठाउने निर्णय गरेपछि स्थानीय तहले निर्माण गरेका क्वारेन्टिन समेत बन्द गरिएको छ।

स्थानीय तहले विद्यालयमा क्वारेन्टिन बनाएका थिए तर भदौ १ गते विद्यालय संञ्चालन गर्ने तयारी भएपछि उक्त क्वारेन्टिन बन्द गरिएको हो। अहिले धेरै स्थानीय तहहरुसँग क्वारेन्टिन छैनन्।

भारतबाट नेपाल आउनेहरु अहिले सिधै घर जाने गरेका छन् जसका कारण कोरोना भाईरसको संक्रमण फैलिदै गएको छ। धनगढीमा स्थापना गरिएको होल्डिङ सेन्टर पनि व्यवस्थीत बनाईएको छैन्।  

भारतमा अलपत्र परेका तथा नेपाल आउन चाहानेहरुका लागि कहिले सम्म प्रवेश गराउने, नाका खोल्ने अथवा पुर्ण रुपमा बन्द गर्ने लगायतका विषयमा कुनै तयारी भएको छ्रैन्।

त्रिनगर नाकामै होल्डीङ सेन्टर स्थापना गर्ने योजना पनि अलपत्र छ। कैलालीको त्रिनगर नाकाबाट मात्रै सुदूरपश्चिम प्रवेश गर्नेहरु बढेपनि उनीहरुको व्यवस्थापनमा सरोकारवाला निकाय उदासिन देखिएका छन्।  

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस