सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेल्प फर ह्याप्पीनेसकी उप–संयोजक लामाद्धारा जन्म दिनमा मनोरोगीलाई सहयोग

२०७७ साउन २७, ११:२२ खबर संवाददाता

धनगढीः हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिम प्रदेशकी उप–संयोजक पुजा लामाको जन्म दिन मनोरोगीसँग मनाईएको छ। 

सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था ह्याप्पीनेसकी उप–संयोजक लामाको आज परेको जन्म दिन दृष्टि फाउन्डेसनमा आश्रीत मनोरोगीलाई सहयोग गर्दै मनाईएको हो।

फाउन्डेसनमा ह्रदयको आँखा कार्यक्रम आयोजना गरी लामाको जन्म दिन मनाईएको हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारीले बताए।

 

जन्म दिनको अवसरमा फाउन्डेसना आश्रित मनोरोगीहरुका लागि दाल, चामल, पिठो, साबुन, सर्फ, तेल बिस्कुट, चिनी, चियापती, सुजि, मसला, सेनीटरी प्याड लगायतका सामान हस्तान्तरण गरिएको भण्डारीले बताए।

सहयोग सामाग्री हस्तान्तरण गर्दै लामाले मनोरोगीलाई सहयोग गरी जन्म दिन मनाउन पाउँदा खुसी व्यक्त गरिन्।  

संस्थाका संयोजक भण्डारीले ह्याप्पीनेसको खुसी नपुगेको स्थानमा खुसी पुगाउने उद्देश्यले नै दृष्टि फाउन्डेसनमा आश्रीत मनोरोगीलाई सहयोग गरिएको बताए।

असहायसंग संस्थाका पदाधिकारी एवंम् सदस्यको जन्मोत्सव मनाउने कार्यक्रमलाई निरन्तरता दिदै ह्रदयको आँखा कार्यक्रम गरिदै आएको उनले बताए।  

 

 

फाउन्डेसनकी सञ्चालिका चन्द्रा तिरुवाले ह्याप्पीनेसले असहायको संरक्षण अभियानमा पुगाउँदै आएको सहयोगको प्रशंसा गरिन्। उनले अगामी दिनमा समेत फाउन्डेसनले साथ सहयोग पाउने अपेक्षा व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेकी छन्।

ह्याप्पीनेसले संस्थामा आवद्ध सदस्यहरुको जन्म दिनमा ह्रदयको आँखा कार्यक्रम मार्फत असहायहरुलाई सहयोग गर्दै आएको छ। 
 

कमेन्ट लोड गर्नुस