सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलङ्कामा विद्यालयहरु पुनः सञ्चालन

२०७७ साउन २६, १०:५६ रासस

श्रीलङ्कामा कोरोनाभाइरसका कारण बन्द भएका सवै सरकारी विद्यालयहरु पुनः सञ्चालनमा आएका छन्। झण्डै एक महिनादेखि बन्द भएका विद्यालयहरु सोमबारदेखि सुचारु भएको अधिकारीहरुले जानकारी दिएका छन्। पहाडी मुलुक श्रीलङ्कामा अहिलेसम्म कोरोनाभाइरसबाट दुई हजार आठ सयभन्दा बढी मानिस सङ्क्रमित भएका छन्।

स्वास्थ्य निर्देशिका लागु गर्दै सवै तहका विद्यालयको पठन पाठन शुरु गरिएको सरकारी अधिकारीहरुको भनाइ छ। विद्यालय सुचारु गर्नका लागि जारी गरिएको स्वास्थ्य निर्देशिकामा सवैले मास्क अनिवार्य लगाउनु पर्ने, सावुन पानीले हात सफा गरिरहनु पर्ने वा सेनिटाइजरको प्रयोग गर्नु पर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने लगायत समेटिएको छ।

सामाजिक दूरी कायम गर्दा कम्तीमा एक मिटर टाढा रहनु पर्ने निर्देशिकामा लेखिएको समाचारमा जनाइएको छ। शिक्षा मन्त्रालयले दुई सयभन्दा बढी विद्यार्थी भएको विद्यालयहरुमा आलोपालो अध्ययनको व्यवस्था गर्न पनि सूचित गरेको छ। केही विद्यालयहरु यसअघि गत जुलाईमा पनि खोलिएको थियो।

तर सङ्क्रमितको संख्या बढ्न थालेपछि फेरी बन्द गरिएको थियो। श्रीलङ्कामा सोमबारसम्मको विवरण अनुसार देशभरी दुई हजार ८४४ जना सङ्क्रमित भएका छन्। ती मध्ये दुई हजार ५९३ जना सङ्क्रमणमुक्त भइसकेका छन् भने अरु ११ जनाको मृत्यु भएको छ।  
 

कमेन्ट लोड गर्नुस