सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका ५० जना नदीकोे भंगालोमा फसे

२०७७ साउन २६, १०:३९ खबर संवाददाता

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ मा मोहना नदी र खुटिया नदीको संगम स्थलको भंगालोमा ५० जानमा फसेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ को नयाँ बस्तीबासीका स्थानीय खेतीपाती गोडमेल गर्न मोहना र खुटिया नदीको संगम क्षेत्रमा गएका थिए।

सोही क्रममा नदीको बहाव बढेर भंगालोमा फसेको स्थानीय भलमन्सा रामबहादुर चौधरीले बताए। धनगढीबाट विपद व्यबस्थापनको टोली रेडक्रस, सशस्त्र प्रहरी र नेपाल प्रहरी उद्धारका लागि घटना स्थल पुगिसकेको विपद व्यबस्थापन समितिका कार्यक्रम अधिकृत चेतन खड्काले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस