५० हजार धरौटी बुझाउन नसकेपछि ओमप्रकाश पुन कारागार चलान
धनगढी : धनगढीबाट पक्राउ परेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीेका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन कारागार चलान भएका छन्।
जिल्ला अदालत कैलालीमा आज भएको थुनछेक बहसपछि पुनसँग ५० हजार धरौटी माग भएकोमा नबुझाएपछि कारागार चलान गरिएको हो।
‘उहाँलाई ५० हजार धरौटी तारेखमा छोड्ने आदेश भएको थियो।’अदालतका सूचना अधिकारी नरबहादुर नेगीले भने, ‘धरौटी नबुझाएपछि कारागार चलाउन हुनुभएको छ।’
पुनलाई असार ३१ गते प्रहरीले धनगढीको कनरीबाट पक्राउ गरिएको थियो। कटुवा पेस्तोल र गोली सहित पुन र उनकी श्रीमती पूर्णिमा धामीलाई पक्राउ गरेको थियो।
अदालतले पुनकी श्रीमती धामीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो।