सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भेटिन थाले ‘ट्राभल हिस्ट्री’ नभएका संक्रमित

२०७७ साउन २६, ०४:११ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा बाह्य ‘ट्राभल हिस्ट्री’ नभएका कोरोना संक्रमित भेटिन थालेका छन्।

केही दिन यता धनगढीमा  ‘ट्राभल हिस्ट्री’नै नभएका व्यक्तिमा कोरोना पुष्टि हुन थालेको हो। धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार आईतबार भेटिएका दुईजना संक्रमित पनि ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्ति हुन्।

स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले वडा नम्बर ४ मा संक्रमण पुष्टि भएका दुईजना व्यक्तिको ‘ट्राभल हिस्ट्री’ नदेखिएको बताए।

वडा नम्बर ४ का २७ वर्षीय पुरुष स्थानीय व्यापारी हुन् भने अर्को संक्रमित धनगढीकै एक निर्माण सेवामा कार्यरत कर्मचारी भएको जनस्वास्थ्य निरिक्षक उपाध्यायले जानकारी दिए।

उनले धनगढी उप–महानगरपालिकामा एक सय ३२ जनामा कोरोना पुष्टि भएकोमा एक स्वास्थ्यकर्मी सहित ८ जना आन्तरिक ट्राभल हिस्ट्री भएका व्यक्ति रहेका छन्।

पछिल्लो पटक भेटिएका दुईजनाको स्रोत नखुलेपनि उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ समेत गरिएको छैन्।

उप–महानगरपालिकाका जनस्वास्थ्य निरिक्षक उपाध्यायले सम्पर्कमा आएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्न संक्रमितसँग जानकारी लिने काम भईरहेको बताए।

धनगढीमा ट्राभल हिस्ट्री नभएका संक्रमित भेटिन थालेपछि कोरोना समुदाय स्तरमा फैलिएको अनुमान लगान थालिएको छ भने जोखिम बढ्दै गएकाले सावधानी अपनाउन आग्रह गरिएको छ। 

दुईजना संक्रमित सम्पर्क विहिन

यसैबीच धनगढी उप–महानगरपालिकाका दुईजना कोरोना संक्रमित सम्पर्क बिहिन भएका छन्।

आईतबार भेटिएका वडा नम्बर ८ का ४० वर्षीय पुरुष र वडा नम्बर ५ का अर्का पुरुष सम्पर्क विहिन भएको बताउँदै स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले उनीहरु सम्पर्क बिहिन भएकाले खोजी भईरहेको बताए। 

कमेन्ट लोड गर्नुस