सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा महिला स्वास्थ्यकर्मीमाथि कुटपिट

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७७ साउन २६, ०४:०४ खबर संवाददाता

बैतडी : बैतडीमा एक महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका ३ स्थित न्वादेउ स्वास्थ्यचौकी अन्र्तगतको नकाली नगर स्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्टमाथि आइतबार कुटपिट  भएको हो।

स्वास्थ्य केन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि स्थानीय दुई युवकले कुटपिट गरेको भट्टले बताइन्। पुर्चौडी नगरपालिका ३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय विरेन्द्र कुँवरले कुटपिट गरेको भट्टले बताईन्।

‘गालीगलौज गर्दै ममाथि कुटपिट भयो। मेरो हातको औंला भाँचिएको छ। मुख, छाती र टाउकोमा चोट छ।’ उनले भनिन्। 

ती युवकले स्वास्थ्य केन्द्रकी कार्यालय सहयोगी बिमला कुँवरमाथि पनि हातपात गर्नुका साथै कार्यालयमा रहेका कागजात पनि च्यातेको बताइएको छ।

कुटपिटपछि जानकीले ती युवालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि प्रहरी चौकी पुरघाटमा निवेदन दिएकी छन्। फरार रहेका मोहन कुँवर र विरेन्द्र कुँवरको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस