सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका एसपी जबराद्धारा मानवसेवा आश्रमलाई सहयोग

२०७७ साउन २६, १२:३५ खबर संवाददाता

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरिक्षक अनुपम शमशेर जबराले धनगढीमा रहेको मानवसेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन्।

उनले आफ्नो श्रीमतीको जन्मदिनको अवसरमा मानवसेवा आश्रमलाई सहयोग गरेका हुन्। श्रीमती स्तुती राज्यलक्ष्मी शाहको आज परेको जन्मदिनको अवसरमा आश्रममै पुगेर नगद सात हजार सहयोग गरेको मानवसेवा आश्रमले जनाएको छ।

कमेन्ट लोड गर्नुस