सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

२०७७ साउन २६, ०८:०९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सर्तक रहन आग्रह गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले आजदेखि तीन दिनसम्म सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सर्तक रहन आग्रह गरेको हो।

बुधबार सम्म प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी तथा तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। वर्षापछि नदीमा पानीको बहाव बढ्ने भएकाले सर्तक रहन भनिएको हो।

पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको हो। 
 
 

कमेन्ट लोड गर्नुस