सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षापछि धनगढी बजार क्षेत्र जलमग्न

२०७७ साउन २६, ०८:०१ खबर संवाददाता

धनगढी : लगातारको वर्षापछि सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी बजार क्षेत्र जलमग्न भएको छ। गएरातीदेखि परिरहेको वर्षापछि धनगढी बजार क्षेत्र जलमग्न भएको हो। केही भागमा डुबान समेत भएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को बिशालनगर, चटकपुर, बोराडाँडी लगायतका क्षेत्रमा डुबान भएको प्रहरीले जनाएको छ।

 

लगातार पानी परिरहेको भएपनि ठुलो पानी नपरेकाले धेरै क्षती नपुगेको कैलालीका सह–प्रवक्ता प्रहरी निरिक्षक हिक्मत थापाले बताए। उनले अहिले विवरण संकलनको काम समेत भईरहेको बताए।

जिल्लाको पूर्वी क्षेत्रमा समेत ठुलो वर्षा नभएको प्रहरीले जनाएको छ। तर पहाडमा समेत वर्षा भईरहेकाले ठूला नदी कर्णाली, मोहना, पथरैया, गौरिगंगा लगायतमा जलस्थर बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ। 

कैलालीमा झण्डै दुई साता अघि अविरल वर्षासँगै आएको बाढीले ठुलो जनधनको क्षती गरेको थियो। 

कमेन्ट लोड गर्नुस