सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक महिनादेखि साँफे–मार्तडी सडकखण्ड अवरुद्ध

२०७७ साउन २५, ०५:१० प्रकाश सिंह

बाजुरा: एक महिनादेखि साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ। लगातारको वर्षाले साँफे–मार्तडी सडकखण्डको ताप्रिसेरादेखि तिपाडासम्म ठाँउठाँउमा पहिरो गएपछि सडकमा अवरोध भएको हो। 

जसले गर्दा यातायातका साधन तथा स्थानीयलाई आवतजावत गर्न निकै समस्या भइरहेको छ। पहिराले बुढिगंगा नगरपालिका १ अम्कोटमा सडक नै तहसनहस हुनेगरी बिगारेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए। ‘लगातार वर्षा भइरहेकाले सडक खुलाउन समस्या भएको छ’ उनले भने। बैकल्पिक मार्गको खोजी भएपनि सडक विभागले अहिले त्यो सम्भव नरहेको भनेपछि अर्को ठाँउबाट सडक खोल्न नसकेको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए।  

साँफे–मार्तडी सडक खण्ड अन्तरगत बडिमालिका नगरपालिकाको पानी नाउला, बल्दे, तिपाडा, लगायतका ठाउँमा सडकको माथि र तलबाट पहिराले सडक भासिएको छ। साँबल्धे देखि मार्तडीसम्म २२ भन्दा बढी ठाँउमा पहिरो गएर सडक अबरोध भएको छ।

दुई वर्षदेखि साँफे–मार्तडी सड्क अबरुद्ध हुदै आएको थियो। सड्क जोखिम रहेको सम्बन्धित निकायलाई जानकारी भएपनि कसैले वास्ता नगरेको नागरिक समाजका अगुवा शेरबहादुर शाहिले बताएका छन्। गएको वर्ष मात्र ३ महिना सडक अबरुद्ध भएको थियो। पहिरोका कारण बाजुराका खण्डको बल्धे र पानी नाँउलामा सबैभन्दा जोखिम भएको छ।

सडक जोखिममा हुँदा सदरमुकाम मार्तडी, बाजुराको उत्तरी क्षेत्र हुम्ला र मुगुको आगमनमा समस्या हुने भएको छ। सडक अवरोधपछि ती क्षेत्रमा दैनिक उपभोग्य सामान तथा औषधिको चरम अभाव भएको छ।

छिट्टै सडक खोल्न पहल नगरे ती क्षेत्रमा खाद्य संकट निम्तिन सक्नै भन्दै स्थानीय चिन्तित बनेका छन्। 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस