सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको जानकी गाउँपालिकालाई योगदान राष्ट्रका लागिको सहयोग

२०७७ साउन २४, ०९:४९ खबर संवाददाता

धनगढी- कैलालीको जानकी गाउँपालिका वडा नम्बर ४ लाई योगदान राष्ट्रका लागि संस्थाले सहयोग गरेको छ। संस्थाले झण्डै आठ हजार बराबरका विभिन्न खाद्य तथा सरसफाईका सामाग्री सहयोग गरेको हो।

संस्थाका अनुसार जानकी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष गगनसिँह चौधरीलाई पाँच काटुन चाउचाउ, २० प्याकेट चिउरा, २० पत्ता स्याम्फु, २० केजी लुगाधुने सरफ, २० प्याकेट स्वबिन, २० पिस साबुन र २० वटा कोल्जेट सहयोग गरिएको जिल्ला संयोजक सुनिल भण्डारीले जानकारी दिए। योगदान राष्ट्रका लागि कैलालीले बाढी पीडितका लागि खाद्य तथा सरसफाईका सामाग्री सहयोग गरेको हो। 

कमेन्ट लोड गर्नुस