सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट शिक्षक महासंघलाई खुलापत्र

२०७७ साउन २४, ०६:५७ खबर संवाददाता

श्रीमान् शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाज्यू र विज्ञप्तिमा हस्ताक्षरकर्ता अर्का श्रीमान् महासचिव लक्ष्मी किशोर सुवेदी ज्यू। आज नेपालको जुनसुकै प्रकारको शिक्षक भएपनी तिनको पेसागत सुरक्षा,अधिकार तथा उनीहरूमाथि हुने जुनसुकै विभेद बिरुद्द आवाज उठाउने मुख्य जिम्मेवारी तपाईंहरूको हो भनेर म जाबो कामचलाउ, राहत नामको अनुदान कोटामा कार्यरत मास्टरलाई सुहाउने कुरो होइन, तर महोदयहरू जब मान्छे बिभेदमा पर्छ उसले गुहार्ने,सचेत गराउने वा ध्यानाकर्षण गराउने जुनसुकै रुपमा बुझ्नुस टाउकोलाई नै हो। मैले तल पोष्ट गरेको विज्ञप्ति हेर्नुस् यो अरुले होइन् तपाईंहरुकै हस्ताक्षरको विज्ञप्ति हो। म झुटो लेखिरहेको छैन भन्ने प्रमाण त्यै हो।

त्यसमा गरिएको कुरा र व्यवहार हुँदै गरेको कुरा किन मिलिरहेको छैन भन्ने मेरो र आम शिक्षकहरूको प्रश्न हो। तपाईंहरुको काम बिज्ञप्ती निकाल्नेमै सीमित हुनुको कारण नबुझेर म हैरान छु। तपाईंहरुको बिज्ञप्तिको कदर नहुनु तपाईंहरुको अपमान हुनु हो। तपाईंहरुको अपमान हुनु महासंघको अपमान हुनु हो। महासंघको अपमान हुनु शिक्षकहरुको अपमान हुनु हो र मेरो पनि अपमान हो म जाबो मास्टर अपमान सहन नसक्ने तपाईंउच्च पदमा बसेर आफ्नै लेखेको न्यायसंगत मागको अपमान हुदा टुलुटुलु हेर्ने अवस्थामा किन पुग्नुभो होइन भने तपाईंहरुले वा महासंघले दरवन्दी पुनर्वितरण वा मिलानमा तत्काल विधि पु¥याएर मात्रै जान माग गर्ने,दरवन्दी थपेर मात्रै अगाडि बढ्न अनुरोधको बिज्ञप्ती निकाल्ने तर सर त्यसलाइ लत्त्याउने तपाईंले हुन्न भनेको काम हुँदैछ। 

के तपाईंहरुले निकाल्नु भएको विज्ञप्ति बिज्ञप्तीका लागि बिज्ञप्ती मात्रै हो? के तपाईंहरु नाटक गर्नुहुन्छ।।देखावटी धर्म मात्रै निभाउनुहुन्छ आन्तरिक रुपमा शिक्षकहरुको न्यायोचित मागमुद्दा छोडेर सरकारसँग मिल्नुभएको छ ? कि तपाईंहरुलाई शिक्षा मन्त्रीले पेलेर लगे ? महासंघको औचित्य सकियो ? सकिएको जानकारी पनि दिनु हुन्न विज्ञप्ति कार्यान्वयन पनि गराउन सक्नुहुन्न। 

भन्नुस् लाखौं शिक्षकलाई गुमराहमा राख्ने अधिकार तपाईंहरुलाई छैन। खास कुरो के हो ? सरकारसङ्ग मिलेको भए स्पष्ट गर्नुस् ,सरकारले नटेरेको भएपनी स्पष्ट गरेर बिज्ञप्तीको कुरा कार्यान्वयन गर्न चाहिने बिधि अपनाउनुस। आन्दोलन घोषणा गर्नुस् आउनुस विभेद, शोषण, दमन र अन्यायका विरुद्ध तपाईंको अगाडि उभिएर पहिलो गोली खान म तयार छु। 

तपाईंहरुलाई महासंघको जिम्मेवार तहमा पु¥याउने लाखौं शिक्षक न्यायोचित लडाइँ गरेर आफ्ना हकका लागि तपाईंले नेतृत्वमा जुनसुकै कदम चाल्न तयार छन्। होइन सरकारको एजेन्ट नै बनीसक्नुभएको भए मेरो भन्नू हाम्रो भन्नु केही छैन।

-धर्मराज जोशी, धनगढी
 

कमेन्ट लोड गर्नुस