बैतडीमा विद्युत सेवा अनियमित हुँदा समस्या
बैतडी: बैतडीमा पछिल्ला केहीदिन यता विद्युत सेवा अनियमित हुन थालेपछि सेवाग्राहीलाई समस्या भएको छ। विद्युत सेवा अनियमित हुँदा जिल्लामा सञ्चालित सञ्चार माध्यमहरुलाई समेत समस्या भएको छ।
यस्तै मिल, कम्प्युटर पसल, इलेक्ट्रोनिक पसलहरुलाई समेत विद्युत अनियमित हुँदा समस्या भएको सञ्चालकहरुले गुनासो गरेका छन्।
वर्षातका कारण तार चुँडिने, हावाहुरीले पोल ढल्ने लगायतका समस्याहरु आउँदा विद्युत सेवा अनियमित हुन गरेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख मोहनदेव जोशीले बताए। विद्युत सेवालाई सकेसम्म चाँडो सुचारु गर्ने प्रयास गरिरहेकोे उनले बताए।