सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेशम चौधरीलाई रिहाई नगरे थारु बाहुल्य क्षेत्रमा प्रधानमन्त्रीलाई निषेध !

२०७७ साउन २४, ११:१५ खबर संवाददाता

धनगढीः थरुहट/थारुवान सहितका मार्चाले प्रधामन्त्री केपी शर्मा ओली सहितका मन्त्रीहरुलाई सामाजिक बहिष्कार गर्ने बताएका छन्।

मोर्चाले रेशमलाल चौधरी सहितका ११ जनालाई तीन महिना भित्र रिहाई नगरिए थारुवान र खस क्षेत्रमा प्रवेश निषेध गरिने चेतावनी दिएको हो। धनगढीमा शनिबार बिहान पत्रकार सम्मेलनको आयोजा गर्दै असोजसम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक पनि गरिएका छ।

साउन २५ गते प्रदेश सरकारलाई ज्ञापन बझाउने, भदौँ २ गते मावन अधिकार तथा नागरिक अगुवाहरुसंग छलफल गर्ने, ७ गते बिरोध सभा, ८ गते टीकापुर घटनालाई स्मरण गर्दै कालो दिनको रुपमा मनाउने, असोज ३ गते देशव्यापी संविधानका धारा जलाउने र माग पुरा नभए दशै तिहारमा आन्दोलनका नयाँ कार्यक्रमहरु ल्याउन थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रिय संयोजक लक्ष्मण थारुले बताए।

न्दोलनमा नेपाल आदविासी जनजाती महासंघ प्रदेश समन्वय परिषद, नेपाल लोकतान्त्रीक पार्टी कैलाली, खसान राष्ट्रिय संघर्ष समिति, उत्पीडित समन्वय मञ्च कैलाली, नेपाल मगर संघ कैलाली, संघिय दलित शिल्पी मञ्च कैलाली र मिसन अम्बेडकर कैलालीले समेत एक्येबद्धता जनाएका छन्।

थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रिय संयोजक थारुले टीकापुर घटनालाई राजनीतिक रुपमा समाधान गर्नुपर्ने बताए। उनले तीन महिना भित्र राज्यले समस्याको समाधान नगरे सामाजिक बहिस्कार गर्ने र उत्पन्न परिस्थीतीको राज्यले जिम्मा लिनुपर्ने बताए।

कमेन्ट लोड गर्नुस