सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा मास्क नलगाउने ३४१ जनालाई कारवाही

२०७७ साउन २३, ०२:११ खबर संवाददाता

बैतडी: लकडाउन खुलेपनि देशभर कोरोना संक्रमण दिन प्रतिदिन बढिरहेकाले त्यसको नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय बैतडीले कडाइ गरेको छ।

साेही अनुरुप जिल्ला प्रशासनले मास्क नलगाई हिँड्ने ३ सय ४१ जनालाई कारबाही गरेको छ। गत असार २३ गतेदेखि हालसम्म मास्क नलगाउने ३४१ जनालाई जरिवाना तिराइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

उनीहरुबाट एक सयका दरले ३४ हजार १ सय  रुपैंया राजश्व संकलन भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। साथै हालसम्म ७ सय  जनालाई मास्क समेत तितरण गरिएको उनले बताए। 

कमेन्ट लोड गर्नुस