सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ तोलाको एक लाख ३ हजार नाघ्यो

२०७७ साउन २३, ११:०१ खबर संवाददाता

कोरोनाको सङ्क्रमण बढेदेखि नै दैनिक कीर्तिमान बनाइरहेको आज सुनको भाउ एक हजार रुपैँयाले बढेको छ।

आज सुन तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

हिजो तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो। 

यस्तै आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ। यसअघि २०६८ साल वैशाख १६ गते चाँदीको भाउ अहिलेसम्मकै महँगो तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
 

कमेन्ट लोड गर्नुस