धनगढीमा दिनेश फाउण्डेसनद्वारा रक्तदान कार्यक्रमको आयोजना
धनगढी : धनगढीमा दिनेश फाउण्डेसनको आयोजनामा रक्तदान कार्यक्रम भएको छ। फाउण्डेसनको बार्षिक कार्यक्रम अन्र्तगत रक्रदान कार्यक्रम भईरहेको फाउण्डेसनका अध्यक्ष श्याम हमालले बताए। उनले पछिल्लो समयमा देखिएको रगत अभावलाई केही हदसम्म भएपनि यसले सहयोग पुग्ने बताए।
दिनेश ग्रुप अन्तरगतको दिनेश फाउण्डेसनले आयोजना गरेको यो आठौ रक्तदान कार्यक्रम हो। फाउण्डेसनले प्रत्येक बर्ष रक्तदान, सरसफाई, लगायत बिभिन्न सामाजिक कार्य गर्दै आएको छ।
रक्तदान कार्यक्रममा दिनेश ग्रुपसंग आवद्ध कर्मचारी लगायत अन्य बिभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको छ।