कैलालीमा संक्रमण मुक्त हुनेको संख्या ८७७ पुग्यो, ४३६ ‘एक्टिभ केस’
धनगढी : सुदूरपश्चिममा सबैभन्दा बढि कोरोना संक्रमित रहेको कैलालीमा संक्रमण मुक्त हुनेको संख्या ८ सय ७७ पुगेको छ। स्वास्थ्य निर्देशनालय दीपायलले बिहिवार साँझ सार्वजनकि गरेको तथ्याङक अनुसार जिल्लामा ८ सय ७७ संक्रमित निको भएर घर फर्किएका हुन्।
बिहिवार मात्रै दुई सय ३५ जनालाई डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार जिल्लामा एक हजार तीन सय १७ जना संक्रमित रहेकोमा अव ‘एक्टिभ केस’ अर्थात संक्रिय संक्रमित भने चार सय ३६ मात्रै रहेका छन्।
एक्टिभ केसको संख्या दुई सय भन्दा बढि भएकाले जिल्लामा जोरबिजोर प्रणाली लागु गरिएको छ भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमनमा रोक लगाइएको छ।
यस्तै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या भने तीन हजार ६ सय ६२ पुगेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि डोटीका पाँच सय ७०, अछामका पाँच सय ५६, कञ्चनपुरका पाँच सय १७, बैतडीका तीन सय तीन र डडेल्धुराका दुई सय ८८ जनााई डिस्चार्ज गरिएको छ।
बाजुराका चार सय ३१, बझाङका एक सय सात र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ।