सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा देखियो सलह किराको झुण्ड

२०७७ साउन २२, ०७:१० खबर संवाददाता

बझाङ: बझाङमा सलहको एक ठूलो झुण्ड प्रवेश गरेको छ। बुधबार जिल्लाको दुर्गाथली गाँउपालिकाको चौधारी र केदारस्युँ गाँपालिकामा सलह किराको झुण्ड देखिएको हो। 

सलह किराले जिल्ला प्रवेश गरी बालीनालीमा क्षति पु¥याउन थालेको कृषि ज्ञान केन्द्र बझाङका प्रमुख दिलबहादुर सिंहले बताए। अहिले जिल्लाका दुर्गाथलीको थली जिउला, छबिसपाथिभेरा खोरी, घट्टे, सुर्माको दौलीचौर लोमण्ड, बुङगल नगरपालिकाको दहबगर, खप्तडछान्नाको पाटादेवल र जयपृथ्वी नगरपालिकाको ७ नम्बर वडामा सलह देखापरेको स्थानीयको भनाई छ।

सलह किराले धानखेती, मकैखेती र तरकारीमा क्षति पु¥याउन थालेका उनीहरुले बताएका छन्। 

कमेन्ट लोड गर्नुस