दार्चुलामा अस्पतालमा मृत्यु भएका युवकको रिर्पोट ‘नेगेटिभ’
धनगढी : जिल्ला अस्पताल दार्चुलामा सोमबार बिहान मृत्यु भएको युवकको कोरोना रिर्पोट नेगेटिभ आएको छ।
डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा मृतक जिल्लाको व्यास गाउँपालिका –५ का २८ वर्षीय लोकेन्द्र कुँवरको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ।
श्वास फेर्न गाह्रो हुने र ज्वरो आइरहेको समस्या लिएर आइतबार दिउँसो उनी अस्पताल पुगेका थिए। थप उपचारको लागि धनगढी जान भनिएको भएपनि उनी नगएपछि अस्पतालमै मृत्यु भएको थियो।
युवकको स्वासप्रस्वासको समस्या थियो। उनको मृत्युपछि स्वाब संकलन गरी कोरोना परीक्षणका गरिएको थियो।