सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पौडी खेल्न गएका बालकको डुवेर मृत्यु

२०७७ साउन २१, ०९:३७ खबर संवाददाता

धनगढी- कैलालीमा पौडी खेल्न गएका बालकको डुवेर मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १२ गौडीमा नहरमा पौडी खेल्न गएका आठ वर्षिय आशिष रावतकोे डुवेर मृत्यु भएको हो।

ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार दिउँसो पौडी खेल्न गएका बालक नहरमा बेपत्ता भएका थिए। उनको शव बाङ्गेसाल भन्ने ठाउँमा फेला परेको हो। 

शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी ज्ञान बहादुर विष्टले जानकारी दिए।

कमेन्ट लोड गर्नुस