सुदूर नेपाललाई विश्वसँग जोड्दै

बन्दाबन्दीमा एक चौथाइले रोजगारी कटौती

२०७७ साउन २१, ०८:३७ रासस

नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग÷व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्रिय आर्थिक गणनामा समेटिएका १८ उद्योग÷व्यवसायमध्ये वित्तीय तथा बीमासम्बन्धी  क्रियाकलाप बाहेककालाई १३ क्षेत्रमा एकत्रित गरी सर्वेक्षणमा समावेश गरिएको केन्द्रीय बैंकले जनाएको छ । गत जेठ २६ देखि असार १० गतेसम्म गरिएको सर्वेक्षणमा ५२ जिल्लाका ६७४ उद्योगी÷व्यवसायीको सहभागिता थियो। 

केन्द्रीय बैंकको अनुसन्धान विभागले गरेको सो सर्वेक्षणमा प्रदेश १ बाट सर्वाधिक २७ दशमदव ९, बाग्मती प्रदेशबाट २३ दशमलव ३, प्रदेश ५ बाट २०, गण्डकी प्रदेशबाट १२ दशमलव ८, सुदूरपश्चिम प्रदेशबाट ७ दशमलव ७, प्रदेश २ बाट ७ दशमलव १ र कर्णाली प्रदेशबाट १ दशमलव २ प्रतिशत नमूना सङ्कलन गरिएको थियो। 

सर्वेक्षणमा बन्दाबन्दी अवधिमा विभिन्न क्षेत्रका उद्योग÷व्यवसायको उत्पादन÷कारोबारमा आएको कमी, रोजगारी कटौती, बन्दाबन्दीपछिको योजनालगायत विषयसँग सम्बन्धित तथ्याङ्क समावेश गरिएको छ। बन्दाबन्दी अवधिमा सर्वेक्षणमा संलग्न ३९ प्रतिशत उद्योग÷व्यवसाय पूर्ण वा आंशिक रुपमा सञ्चालनमा रहेका र ६१ प्रतिशत उद्योग÷व्यवसाय पूर्णरुपमा बन्द रहेको पाइएको छ। 

सर्वेक्षणमा संलग्न उद्योग÷व्यवसायले झण्डै एक चौथाइ कर्मचारी÷कामदार कटौती गर्नुका साथै सोही अवधिमा औसतमा १८।२ प्रतिशतले तलब कटौती गरेको पाइएको छ। बन्दाबन्दीको अवधिमा ९६।७ प्रतिशत उद्योग÷व्यवसायको उत्पादन ७३।८० प्रतिशतले घटेको छ। सर्वेक्षणमा सहभागी उद्योगी÷व्यवसायीले व्याजदरमा सहुलियत, लचिलो किस्ता ९ब्याज र साँवा० भुक्तानी सुविधा, आयकरमा सहुलियत, चालु पूँजीका निम्ति थप ऋण सुविधा र ऋणको भाका सार्ने सुविधा माग गरेका प्रतिवेदनमा समेटिएको छ।
 

कमेन्ट लोड गर्नुस