सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाइकल दुर्घटना, तीन जना घाइते

फोटो: लक्ष्मी भट्ट
फोटो: लक्ष्मी भट्ट
२०७७ साउन २१, ०६:४९ खबर संवाददाता

धनगढी: धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। धनगढी उप–महानगरपालिकाका बोराडाँडीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका हुन्।

धनगढीदेखि अत्तरिया जोड्ने ६ लेन सडकमा म२प ८०६० र से३प ५९०३ नम्वरको मोटरसाईकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा परि धनगढीका उप–महानगरपालिका वडा नम्वर ४ का ४४ वर्षीय छत्र सोप, कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्वर ७ का २१ वर्षीय ललित चन्द र बैतडीको मेलौली नगरपालिका वडा नम्वर ७ का २१ वर्षीय मनोज चन्द घाइते भएका छन्।

उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत थापाले बताए।

कमेन्ट लोड गर्नुस