सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लम्कीमा वन संरक्षणका लागि गरिएको तारबार अज्ञात समूहद्धारा तोडियो

२०७७ साउन २१, ०१:०६ खबर संवाददाता

धनगढीः कैलालीको लम्कीचुहामा रहेको मुक्त कमैया सामुदायिक वनको संरक्षणका लागि गरिएको तारबार तोडिएको छ।

लम्कीचुहा नगरपालिका वडा नम्बर ३ मा रहेको मुक्तकमैया सामुदायिक वन क्षेत्रमा गरिएको तारबार अज्ञात समूहले गएराती तोडेको हो।

सामुदायिक वनका कोषाध्यक्ष दिपु चौधरीले वनमा हुने चोरी सिकारी तथा अवैध उत्खनन् रोकथामका लागि गरिएको तारबार गएराती अज्ञात समूहले तोडेको बताए।

चौधरीले वन क्षेत्रमा तारबारका लागि गाडिएका झण्डै एक हजार बढि सिमेन्टका पक्की पिल्लर तोड्दै फलामका तार समेत काम नलाग्ने गरी काटिएको बताए। वन संरक्षण गरेको देख्न नसक्ने समूहले उक्त कार्य गरेको हुनसक्ने बताउँदै चौधरीले यसअघि पनि सोही प्रकृतिको घटना भएको बताए।

घटनाका विषयमा डिभिजन वन कार्यालय पहलमानपुर, सव डिभिजन वन कार्यालय लम्कीलाई समेत जानकारी गराईसकेको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस