सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको कैलारी गाउँपालिकामा भोेलीदेखि लकडाउन

२०७७ साउन २१, १२:३४ खबर संवाददाता

धनगढीः कैलालीको कैलारी गाउँपालिकाले कोरोना भाईरसको संक्रमण थप फैलिन नदिन भोलीदेखि लकडाउन गर्ने भएको छ।

गाउँपालिकाले अर्को सूचना जारी नभए सम्मका लागि भोलीदेखि लकडाउन गरिएको जनाएको छ।

गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गर्ने निर्णय गरेको हो।

लकडाउनमा पालिका भित्रका बजार व्यवसाय, सवारी साधन सञ्चालन लगायतका सेवा बन्द रहनेछन् भने अत्यावश्यक काम बाहेक मानिसहरुले हिडडुल गर्न नपाउने भएका छन्।

कैलारी गाउँपालिकाका कार्यरत कर्मचारी पनि कोरोना पुष्टि भएको छ। मंगलबार क्वारन्टिनमा खटिएका एकजना स्वास्थ्यकर्मी, विद्यालयका चौकीदार र भान्छेमा कोरोना पुष्टि भएको थियो।   

कैलारी गाउँपालिकामा अहिले सम्म ३९ जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरु मध्ये ३२ जना निको भएर घर फर्किसकेका छन्। 

कमेन्ट लोड गर्नुस