सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ तोलाको एक लाख रुपैयाँ नाघ्यो

२०७७ साउन २१, १२:२२ रासस

सुनको भाउ तोलाको एक लाख रुपैयाँ नाघेको छ। बधबार एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै हिजो र अस्ति स्थिर रहेको चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँ बढेको छ। चाँदी आज तोलाको १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस