सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पास्टरले मृतकलाई जिउँदो बनाउँछु भनेपछि शव घरभित्रै

२०७७ साउन २०, ०६:१८ खबर संवाददाता

कैलाली: कैलालीमा एकजना पास्टर (क्रिश्चियन गुरु) ले मृतकलाई जिउँदो बनाउँछु भनेपछि शवलाई घरभित्रै राखिएको छ। घटना जिल्लाको टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरको हो। पास्टरले आश्वासन दिएपछि त्यहाँका इश्वर डगौराले आफ्ना मृत बुवाको शव केही दिनदेखि घरभित्रै राखेको पाइएको हो।

छिमेकीले शव गन्हाएको खबर दिएपछि प्रहरी पुग्दा सो घटना बाहिरिएको हो। इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी मधुसुदन न्यौपानेले घरभित्र ४३ वर्षका मोतिराम डगौराको शव भेटिएको जानकारी दिए।

उनका अनुसार स्थानीय पास्टर दीपक चौधरीले सात दिनभित्र बचाउने भनेपछि मृतकको शव घरभित्रै राखेको पाइएको छ। मृतकको शव पास्टर चौधरीको घरभित्र भेटिएको छ।उनलाई केही दिनअघि उपचारका लागि त्यहाँ लगेको पाइएको प्रहरीले जानकारी दिएको छ।

शव सडेको अवस्थामा रहेकाले उनको केही दिनअघि नै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा पु¥याएको छ। अहिले प्रहरीले मृतकका छोरासहित चार जनालाई नियन्त्रणमा लिएको डिएसपी न्यौपानेले बताए। 

घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

 

कमेन्ट लोड गर्नुस