सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा स्वास्थ्यकर्मीसहित क्वारेन्टिनका चौकीदार र भान्छेलाई कोरोना पुष्टि

२०७७ साउन २०, ०५:४३ खबर संवाददाता

धनगढी : कैलालीमा स्वास्थ्यकर्मीसहित क्वारेन्टिनका चौकीदार र भान्छेलाई पनि कोरोना पुष्टि भएको छ। जिल्लाको कैलारी गाउँपालिकास्थित क्वारेन्टिनमा कार्यरत एक जना स्वास्थ्यकर्मीसहित चौकीदार र भान्छेलाई संक्रमण पुष्टि भएको हो।

गाउँपालिकाका स्वास्थ्य संयोजक विरेन्द्र सापकोटाले वडा नम्बर १ को हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा कार्यरत उनीहरुलाई कोरोना पुष्टि भएको बताए। 

संक्रमितको सम्पर्कमा आएका कर्मचारी, परिवारका सदस्य र अन्य स्थानीयको पनि स्वाब परीक्षणका लागि संकलन गरिने उनले बताए। कैलारी गाउँपालिकामा मङ्गलबार सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 
 

कमेन्ट लोड गर्नुस