सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मोत्सवको अवसरमा गोदावरीकी उपप्रमुख कडायतद्वारा खाद्यान्न सहयोग

२०७७ साउन २०, ०४:४८ खबर संवाददाता

धनगढी: जन्मदिनको अवसरमा कैलालीको गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले अत्तरियामा रहेको हिंसावादी विश्व शान्ति धर्म चक्र बौद्ध गुम्बाका बालबालिकालाई खाद्यान्न सामग्री सहयोग गरेकी छन्। 

कार्यक्रमको आयोजना गरी उनले बौद्ध गुम्बा प्रमुख लामा गणेश मोक्तानलाई खाद्यान्न हस्तान्तरण गरेकी हुन्। उपप्रमुख कडायतले चामल, दाल, तेल, नुन, फलफूल, सहयोग गरेकी हुन्। फजुल खर्च गर्नुभन्दा यसरी सहयोग गर्न पाउँदा खुशी भएको उपप्रमुख रत्ना कडायतले बताइन्। 

यस्तै उनले सडकमा ठेला चलाएर जिविका चलाइरहेका तथा लकडाउनका कारण आपतमा परेका रामप्रसाद भट्टको संयुक्त परिवारलाई पनि चामल, दाल, नुन, तेल र फलफूल लगायतका सामग्री सहयोग गरेकी छन्।  

साथै गोदावरी नगरपालिका वडा नम्बर ५ मा रहेकी क्यान्सर पिडित महिला हेमलता बिकलाई समेत उपप्रमुख कडायतले ३ हजार सहयोग गरेकी छन्।

कमेन्ट लोड गर्नुस