सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बालकको शव फेला

२०७७ साउन २०, ०२:३६ खबर संवाददाता

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका –६ चम्तडीस्थित चौलानी नदी किनारमा एक बालकको शव फेला परेको छ। सोमबार साँझ अन्दाजी ५ वर्षीय बालकको शव नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

उनका अनुसार शव अहिले दार्चुलाको गोकुलेश्वर अस्पतालमा राखिएको छ भने शवको सनाखत हुन सकेको छैन्। शवको सनाखतको कार्य भइरहेको डिएसपी अधिकारीले बताए।  

कमेन्ट लोड गर्नुस