सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको होल्डिङ सेन्टर र आइसोलेसनका लागि मिश्र दम्पतीद्वारा खाद्यान्न सहयोग

२०७७ साउन २०, १२:४७ खबर संवाददाता

धनगढी : धनगढीमा स्थापित महिला होल्डिङ्ग सेन्टर र आइसोलेसनका लागि धनगढीका मिश्र दम्पतीले खाद्यान्न सहयोग गरेका छन्। धनगढीमा रहेको मिश्र जनरल स्टोरका संचालन खेमराज मिश्र र उनकी श्रीमती कुर्मा मिश्रले एक महिनाका लागी खाद्यान्न सामाग्री सहयोग गरेका हुन्।

यसअघि पनि डडेल्धुरामा पीसीआर मेशिन स्थापनका लागी मिश्र दम्पतीले एक लाख रुपैया सहयोग गरेका थिए भने धनगढी सुपर मार्केटमा रहेका ब्यापारीहरुका सटर भाडा समेत छुट गरेका थिए ।

एक जना गर्भवती सहित ९ जना महिला, २ बालबालिका, दुई जना स्टाफनर्स र अन्य गरि १८ जना रहेको उक्त आइसोलेसनमा आउने महिलालाई सम्पूर्ण स्वास्थ्य सुबिधा सहित खाना र बास निशुल्क रुपमा उपलब्ध गराउदै आएको धनगढी उपमहानगरपालिकाका कोभिड संयोजक नारायण बरालले बताए। 
 

कमेन्ट लोड गर्नुस