सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा आएको बाढीले अपांगता भएका व्यक्तिको घरबास नै बगायो

२०७७ साउन १९, ०६:३५ खबर संवाददाता

धनगढी : कैलालीको पूर्वी–दक्षिण क्षेत्रमा अहिलेपनि बाढीको पानी जमेको छ। सडक र खेत जलमग्न भएको छ। बाढीबाट जिल्लाको कैलारी, जानकी र जोशीपुर गाउँपालिका तथा टीकापुर र भजनी नगरपालिका क्षेत्र प्रभावित भएका छन्। सोही क्षेत्रहरुमा बसोबास गर्ने अपांगता भएका व्यक्तिहरु भने अन्यको तुलनमा बढी प्रभावित भएका छन्। 

सामान्य नागरिक सरह हिड्न नसक्नेहरु उनीहरु बढी प्रभावित हुनु स्वभाविक नै हो। जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ७ बसन्तामा रहेको अति अशक्त अपांगता भएको व्यक्तिको घरमा बाढी पसेको छ। घरमा सञ्चालन गरिएको किराना पसलका सामान बगेका छन्। बाढीबाट  अपांगता घरमा आश्रीतहरुलाई समस्या भएको छ। उनीहरुले लगाएको खेती समेत नष्ट भएको छ। सो क्षेत्रमा १२ जनाले आश्रय लिदै आएकोमा उनीहरु अहिले बिस्तापित भएका छन्। 

यसैगरी भजनी नगरपालिका वडा नम्बर ८ मा अपांगता भएका व्यक्तीले सञ्चालन गरेको उद्योगमा पानी भरिएको छ। दृष्टीबिहिन अपांगता भएका व्यक्तिहरुले आफ्नै कार्यालय भवनमा चप्पल उद्योग सञ्चालन गरेका थिए। सोही उद्योगमा बाढीका कारण लाखौंको क्षति भएको उनीहरुले बताएका छन्। महत्वपुर्ण कागजपत्र पानीले भिजाउनुका साथै ११ जना अपांगता भएकाहरुको व्यक्तीगत सहायक सामाग्री पनि बाढीले बगाएको उनीहरुले बताएका छन्।  

बाढी प्रभावित क्षेत्रमा अपांगता भएका व्यक्तीहरुले सञ्चालन गरेका  किराना पसल, चटपटे पसल, ठेला गाडा, तरकारी पसल, साइकल तथा मोटरसाइकल मर्मत केन्द्र लगायतमा पनि क्षति भएको छ। भजनी नगरपालिका, टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा गरी १५ जना अपांगता भएका व्यक्तिहरुको घरमा बाढी पसेको छ। अन्य ५० जना अपांगता भएका व्यक्तिहरु पनि विस्तापीत भएका छन्। 

एक सय २० जना अपांगता भएका व्यक्तिहरुकोे स्थानीय समुह र सर्वाङिण अपांगता विकाश समाज नेपालको प्राविधिक सहयोगमा दिगो विकाश समाज भजनीले तथ्यांक संकलन गरिएको सर्वांगीण अपांगता विकाश समाज नेपाल कैलालीका कार्यकारी निर्देशक नन्दराज भट्टले जानकारी दिए। 

उनीहरुलाई दिगो विकास समाज भजनी र नेपाल रेडक्रस सोसाइटीले राहत समेत वितरण गरेको छ। सबै क्षेत्रमा राहत वितरणमा समेत समस्या रहेकको दिगो विकास समाज भजनीका प्रकोप व्यवस्थापन प्रमुख सिताराम चौधरीले बताए। 

 

कमेन्ट लोड गर्नुस