सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उप–महानगरपालिकाका नाममा कारण देखाउ आदेश जारी

२०७७ साउन १९, ०९:०६ खबर संवाददाता

धनगढीः राष्ट्रिय सूचना आयोगले धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत र सूचना अधिकारीका नाममा कारण देखाउ आदेश जारी गरेको छ।

कुहिएको चामल प्रकरणका सूचना नदिएपछि दिनेश एफएमले राष्ट्रिय सूचना आयोगमा गरेको पुनरावेदनमा सुनवाई गर्दै प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद सापकोटा र सूचना अधिकारी सुरेन्द्र कार्कीका नाममा कारण देखाउ आदेश जारी गरेको हो।

आदेशमा पुनरावेदनमा उल्लेख भए बमोजिम सूचना उपलब्ध गराउनू भन्ने आदेश दिन नपार्नाको कारण भए लेखी पठाउन भनिएको छ। बाटोको म्याद बाहेक ७ दिनभित्र आदेश गर्नु नपर्ने कुनै कारण भए सोको आधार र प्रमाण सहित लिखित जवाफ पेश गर्न आदेश जारी गरिएको छ।

सूचनाको हक प्रयोग गर्दै माग गरिएको सार्वजनिक महत्वको सूचनाबाट वञ्चित गरेको भन्दै दिनेश एफएमले प्रमुख प्रशासकिय अधिकृत सापकोटा र सूचना अधिकारी कार्की विरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेको थियो।

एफएमले दुवै जना विरुद्ध सूचनाको हकबाट वञ्चित गराएको भन्दै आवश्यक कारवाही सहित सूचना उपलब्ध गराउन आदेश गरिपाउँ भन्दै सूचना आयोगमा पुनरावेदन दर्ता गराएको थियो।

 

दिनेश एफएमले सूचनाको हक प्रयोग गर्दै बैशाख २९ गते उप–महानरपालिकामा कोरोना भाइरसको महामारीपछि जारी लकडाउनबाट प्रभावित भएकाहरुलाई वितरण गरिएको राहत सम्बन्धीत सूचना माग गरेको थियो।

सूचना अधिकारी कार्कीले निवेदनमा माग भए बमोजिमको पूर्ण सूचना उपलब्ध नगराएपछि  सोही ऐन अनुसार जेठ १८ गते प्रमुख प्रशासकिय अधिकृत समक्ष उजुरी दिएको थियो। तर प्रमुख प्रशासकिय अधिकृतले समेत कानून अनुसार दिन मिल्ने सूचना उपलब्ध गराउन अटेरी गरेपछि राष्ट्रिय सूचना आयोगमा उजुरी दिईएको थियो।

एफएमले राहत वितरण सम्बन्धी नगर कार्यपालिकाबाट भए÷गरेका निर्णय, राहतका लागि विभिन्न निकायबाट प्राप्त भएको बजेट र खर्च विवरण, राहत सामाग्री आर्पिुती सम्बन्धी ठेक्का प्रक्रियाका कागजपत्रको प्रतिलिपी र नगर क्षेत्रमा राहतका लागि छनौट भएका लाभग्राहीको सूची र वितरण गरिएकाहरुको विवरण माग गरेको थियो।

त्यसमा उप–महानगरपालिकाले अहिले सम्म पूर्ण सूचना उपलब्ध गराएको छैन्।

 

कमेन्ट लोड गर्नुस