सुदूर नेपाललाई विश्वसँग जोड्दै

अवैध कपडा बरामद

२०७७ साउन १८, ११:४५ रासस

जिल्ला  प्रहरी कार्यालय बाँकेले ठूलो मात्रामा राजश्व छलेर नेपाल भित्र्याइएका कपडा बरामद गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका–ं १५ जमुनाहाबाट प्रहरीले ठूलो मात्रामा कुर्ता, टिसर्ट, सुरुवाल बरामद गरेको हो।

भारतबाट अवैध रुपमा ल्याउँदै गरेका ५०० थान कुर्ता, सय थान टिसर्ट र २०० थान सुरुवाल बरामद गरेको प्रहरी प्रवक्ता सुवास खड्काले बताए।

कोरोनाको कहर भए पनि चाडवाड नजिकिदै गर्दा तस्कर कपडा भित्राउन लागिपरेका छन्। नेपालगञ्ज नाकाबाट भरियामार्फत भित्रिने कपडा जिल्लाबाहिर पनि लैजाने गरिएको छ।
 

कमेन्ट लोड गर्नुस