सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका बाढी पीडितका लागि राहत हस्तान्तरण

फोटो : कैलालीको भजनीका बाढी पिडितका लागि राहत हस्तान्तरण गर्दै रोटरी क्लब अफ धनगढीको टोली।
फोटो : कैलालीको भजनीका बाढी पिडितका लागि राहत हस्तान्तरण गर्दै रोटरी क्लब अफ धनगढीको टोली।
२०७७ साउन १८, ११:२७ खबर संवाददाता

धनगढी : मानविय सेवामा खटिदै आएको रोटरी क्लब अफ धनगढीले शनिबार कैलालीको भजनी नगरपालिकामा बाढीका कारण विस्थापित २ सय परिवारका लागि राहत हस्तान्तरण गरेको छ। 

रोटरी क्लब अफ धनगढीले, घरबार छोडेर विस्थापित भएका २ सय परिवारका लागि प्रति परिवार १० किलो चामल, २ किलो दाल, एक किलो नुन, साबुन सहितको सामान जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीलाई हस्तान्तरण गरिएको, क्लबका उपाध्यक्ष डाक्टर प्रतिक्षासिह राठौरले जानकारी दिईन्। 

दुई सय जनाका लागि पाईएको उक्त राहत सामाग्री क्लबका पुर्व अध्यक्ष डाक्टर गणेशबहादुर सिहले हस्तान्तरण गरेका थिए। कार्यक्रममा क्लबका चार्टर प्रसिडेन्ट प्रकाश भट्ट, पुर्व अध्यक्ष हरिशंकर ठाकुर, पुष्कर ओझा सहितका रोटरीयनहरुको सहभागिता रहेको थियो।

बाढीका कारण कैलालीको भजनी नगरपालिकाका भरीमा ५ सय भन्दा बढी परिवार हुलाकी सडकमा त्रिपाल टागेर बसेका छन। रोटरी क्लब अफ धनगढीले, शुक्रबार मात्रै चिउरा चाउचाउ बाढी प्रभावित क्षेत्र पठाएको थियो।

राहत वितरण एकद्धार प्रणालीबाट मात्र दिन पाईने भएकाले रोटरी क्वब अफ धनगढीले जिल्ला प्रशासन कार्यालय कैलालीलाई बुझाएको हो। उक्त राहत सामाग्री शनिबार नै प्रभावित क्षेत्र पठाईएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताए।
 

कमेन्ट लोड गर्नुस