सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा बालबालिकालाई भत्ता

२०७७ साउन १७, ०९:१६ रासस

डोटीको सायल गाउँपालिकाले एकल पुरुष र अभिभावक विहीन बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ। जिल्लाको रहेका नौ वटा स्थानीय तहमध्ये सो गाउँपालिकाले पहिलो पटक भत्ता वितरण गर्न शुरुआत गरेको हो।

गाउँपालिकाले दलित र गैरदलित समुदायका ५० देखि ६० वर्षसम्मका एकल पुरुषलाई मासिक रुपमा रु ५०० सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेको हो। त्यसैगरी आमा बुवा नभएका बालबालिकालाई मासिक रु एक हजारका दरले भत्ता दिन थालिएको छ। आव २०७६÷७७ को गाउँसभाबाट एकल पुरुष र बुवाआमा नभएका बालबालिकालाई सामाजिक सुरक्षा दिने प्रस्ताव पारित भएसँगै कार्यविधि निर्माण गरी सामाजिक सुरक्षा भत्ता प्रदान गरिन थालिएको गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए। 

गाउँपालिका भित्रका ४३ जना पुरुष र विद्यालय नियमित जाने आमाबुवा विहीन १७ जना बालबालिकालाई अघिल्लो आर्थिक वर्षको रकम एकमुष्ट यस वर्षको साउन महिनामा वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ। सामाजिक सुरक्षा भत्ता दिने कार्यको शुरुआत सायल सायल–४ बाट गरिएको छ। भत्ता पाउन थालेपछि त्यहाँका एकल पुरुष तथा आमाबुवा विहीन बालबालिका निकै खुसी भएका छन्। 

कमेन्ट लोड गर्नुस