सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका स्थानीय तहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

२०७७ साउन १७, ०४:४४ खबर संवाददाता

डोटी : डोटीको शिखर नगरपालिका र आदर्श गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ। दुई स्थानीय तहलाई निड्स नेपाल नामक गैर सरकारी संस्थाले स्वास्थ्य, सरसफाई, व्यक्तिगत सुरक्षा सामाग्री हस्तान्तरण गरिएको परियोजना प्रबन्धक प्रकाशचन्द्र मडैले  जानकारी दिए।

कोभिड– १९ का कारण आईसोलेसन तथा क्वारेन्टिनमा रहेका ब्यक्तिहरुको स्वास्थ्य तथा व्यक्तिगत सुरक्षा र सरसफाईमा जोड दिन स्वास्थ्य सामाग्री सहयोग गरिएको मडैले बताए। निड्स नेपालले शिखर नगरपालिका र आदर्श गाउँपालिकामा सर्जिकल मास्क ५००, हाते सेनिटाईजर ४० लिटर, साबुन ५०० थान, पियुस ५० थान, डस्टबिन ५० थान, पिपिई सेट २० थान, गमबुट २० थान, सोडियम ४० लिटर, हर्पिक, ब्रस ५० थान,  मस्कुटो नेट ५० थान, बेड सिट ५० थान तथा खानेपानी ट्याङ्की ९ वटा नगरपालिका तथा गाउँपालिकामा  हस्तान्तरण गरिएको हो।

शिखर नगरपालिकामा नगर उप–प्रमुख धौली देबी रावल र आदर्श गाउँपालिकामा अध्यक्ष टेकबहादुर रोकायाई परियोजना प्रबन्धक मडैले हस्तान्तरण गरेका हुन्। प्रवासबाट आउने क्रम निरन्तर रहेकाले संस्थाले प्रदान गरेका समाग्री क्वारेन्टीन ब्यबस्थापनका लागी प्रभाबकारी हुने आदर्श गाउँपालिकाका अध्यक्ष टेकबहादुर रोकायाले बताए।

स्थानीय सरकारले गरीरहेको ब्यबस्थापनमा निड्स नेपालले गरेको सहयोग महत्वपुर्ण भएको शिखर नगरपालिकाका उप–प्रमुख धौली देबी रावलले बताईन्। स्वास्थ्य  तथा सरसफाई सामाग्रीका लागी निड्स नेपाल मार्फत एडिएच र एडब्लुओ अन्तराष्ट्रि गैर सरकारी संस्थाले आर्थिक सहयोग गरेका छन्।
 

कमेन्ट लोड गर्नुस