सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा खेलाडीलाई राहत वितरण

२०७७ साउन १७, ०४:२४ खबर संवाददाता

धनगढीः अखिल नेपाल फुटबल संघले कोरोना महामारीपछि समस्यामा परेका खेलाडीलाई रहात रकम प्रदान गरेको छ।

कैलाली जिल्ला फुटबल संघको आयोजनामा भएको कार्यक्रममा कोरोनापछि समस्यामा परेका खेलाडीलाई राहत रकम हस्तान्तरण गरिएको हो।

एकजना अन्तराष्ट्रिय महिला खेलाडी सहित जिल्ला फुटबल संघमा आबद्ध १९ वटा क्लबका २० जना खेलाडीलाई प्रती व्यक्ति तीन हजारका दरले राहत रकम वितरण गरिएको संघका कार्यबहाक अध्यक्ष अनिल मल्लले बताए।  
 

कमेन्ट लोड गर्नुस