सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा नमस्ते युवा क्लबद्धारा सरसफाई र डस्टविन राख्ने कार्यक्रम सम्पन्न

२०७७ साउन १७, ०२:३५ खबर संवाददाता

धनगढीः धनगढीमा नमस्ते युवा क्लबले टोल सरसफाई र डस्टविन राख्ने कार्यक्रम सम्पन्न गरेको छ।

धनगढी उपमहानगरपालिका वडा नमबर ४ को  भगवती टोलमा सरसफाई कार्यक्रम र डस्टविन राखएिको क्लबले जनाएको छ।

कार्यक्रममा नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेशसभा सदस्य डिल्लीराज पन्त, शिवपुरी सामुदायिक वनका अध्यक्ष बुद्धि खड्का, उपाध्यक्ष कृष्ण पनेरू, उद्योग वाणिज्य संघ कैलालीका सचिव सिद्धराज पनेरु, भगवती टोल विकास समितिका अध्यक्ष शेर बहादुर सिंह लगायतको सहभागिता रहेको थियो।

साथै टोलबासीलाई अनावश्यक रुपमा फोहोर नफाल्न समेत आग्रह गरिएको छ। फोहोरलाई डस्टबिन वा निश्चिम स्थानमा व्यवस्थापन गर्न अनुरोध गरिएको हो। 

 

   

कमेन्ट लोड गर्नुस