सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्रवार थपिएका कैलालीका २३ संक्रमित कुन वडाका कति ?

२०७७ साउन १६, ०२:५० खबर संवाददाता

धनगढी : सेती अस्पतालको प्रयोगशालामा आज मात्रै कैलालीका २३ जनामा संक्रमण पुष्टि भएको छ। बाँकी तीन जना बझाङ र कञ्चपुरका छन्। कैलालीका २३ जना मध्ये धनगढीका मात्रै १६ जना छन्।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार ८ जना पुरुष र ८ जना महिलामा संक्रमण देखिएको हो।

धनगढी उप–महानगरपालिका वडा नम्वर ६ का एक जना, वडा नम्वर ७ का चार जना, वडा नम्वर ८ का एक जना, वडा नम्वर ११ का एक जना, वडा नम्वर १२ का तीन जना, वडा नम्वर १४ का पाँच जना र वडा नम्वर १८ मा एक जना गरी १६ जनामा संक्रमण पुष्टि भएको धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए।

यस्तै कैलालीको टीकापुर नगरपालिका वडा नम्वर ६ का तीन जना, वडा नम्वर १, २ ७ र ८ का एक÷एक जनाा कोरोना देखिएको छ। सेती अस्पतालका सूचना अधिकारी श्रेष्ठका अनुसार बझाङको मष्टा–१ का २० बर्षीय पुरुष, छव्विसपाथिभेरा गाउँपालिका वडा नम्वर ७ का ४२ बर्षीय पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १७ का २५ बर्षीय पुरुषमा कोरोना देखिएको छ। 

आज २६ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार चार सय ३७ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै डोटीका सात सय ६७, अछाममा ६ सय ७८, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। कञ्चनपुरका पाँच सय २६, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ८५, बझाङका एक सय ८४ र दार्चुलाका २२ जनामा संक्रमण पुष्टि भएको हो।

कमेन्ट लोड गर्नुस